धर्मेन्द्र कुमार यादव- महोत्तरी, जनकपुरधामबाट पेस्तोलसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका-८ भ्रमपुराका २१ वर्षीय अजिजुत राईन रहेको छ।
ज.४ प. ३९३३ नम्बरको मोटरसाइकलमा सवार रहेका राईनलाई जनकपुरधाम उपमहानगरपालिकाको बेल्ही चोकस्थित तेतरीया बजार नजिकैबाट प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका राइनको साथबाट पेस्तोलमा लाग्ने म्यागजिन ३ थान, पाँच राउण्ड गोली र एक चक्कु पनि बरामद भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धिरज प्रताप सिंहले जानकारी दिएका छन।