चट्याङ लागेर महोत्तरीमा एक जनाको मृत्यु

५ years अगाडी teraibulletin

चट्याङ  लागेर महोत्तरीमा एक जनाको मृत्यु

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
मेघगर्जन र भारी वर्षासँगै सोमबार बिहान परेको चट्याङ लागेर महोत्तरीमा एकजनाको मृत्यु भएको हो ।

जिल्लाको महोत्तरी गाउँपालिका– १ का ५५ वर्षीय इन्दल यादवको मृत्यु भएको छ ।

सोमबार बिहान गाउँनजिकैको चौरमा भैँसी चराउँदै गर्दा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।

उनकोे शव आफन्तले दाहसंस्कारका लागि जिम्मा लिएका छन् । मृतकको छातीमा चट्याङ लागेको र तत्काल उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सभार:- नया पत्रीका

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?