पर्साको पर्सागढ़िमा पासो लगाईं एक युवकद्वारा आत्महत्या:घटनाको अनुसंधान गर्दै पर्सा प्रहरी

५ years अगाडी teraibulletin

पर्साको पर्सागढ़िमा पासो लगाईं एक युवकद्वारा आत्महत्या:घटनाको अनुसंधान गर्दै पर्सा प्रहरी

 पर्सा १८ जेठ –पर्सामा आज(सोमबार) बिहान एक जनाले आत्महत्या गरेका छन lपर्सा जिल्लाको पर्सागढ़ी नगरपालिका वडा नं.४ हरदासपूर निवासी सदन महतो धानुकको छोरा २७ बर्षीय छोटेलाल महतो धानुकले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय एकटाङ्गाले जनाएको छ l

महतोले खेतमा लगाइएको आँपको रुखमा पासो लगाईं झुंडीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक पुर्ण प्रसाद दाहालले बताए । स्थानीयले देखे पछि प्रहरिलाइ खबर गरेका थोए l

खबर पाए लगतै घटना स्थलमा पुगेको प्रहरीको टोलीले घटनाको मुचुल्का उठाई शवलाइ पोष्टमेडम गर्न(शवलाइ परिक्षण गर्नु) गर्न बीरगंज स्थिर रहेको नारायणी अस्पतालमा पठाएको र घटनाको बिस्तारित रुपमा अनुसंधान गरीरहेको जनाएको छ l

अन्तिम अपडेट २०७७ साल /जेठ १९ गते –सोमबार 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?