पर्सा २० जेठ –कोरोना भाइरसबाट बाच्नको लागी गरिएको लकडाउनको ७१ औ दिन पूरा भएको छ lयस अवधि सम्म चिन्तित सर्वसाधारणले कोरोनालाई भगाउन भन्दै अनेक उपाय गर्न थालेका छन् । कोरोना भगाउन भन्दै तराई-मधेशका जिल्लाहरुको गाउँ–गाउँमा पुजाआजा गर्न शुरु भएको छ ।
कोरोना भगाउन भन्दै पर्सा र बाराका गाउँ–गाउँमा महिलाहरुले कोरोना माईको पुजाआजा शुरु गरेका छन् ।अगाध धार्मिक विश्वास राख्ने परम्परा कारण कोरोना भगाउन महिलाहरुले कोरोना माईको पुजाआजा शुरु गरेको स्थानीय बताउँछन् ।
कोरोना माईको पुजाआजा गर्दै गरेकी एक महिलाले भनिन् “कोरोना माईको पुजा गर्दैछु, हे कोरोना माई सबैलाई राम्रोसँग राख र जाऊ तिमी, कही पनि क्षति नगरदेउ ।”
अन्य देवीदेवताको जस्तै, महिलााहरुले हप्ताको दुई दिन कोरोना माईको नाममा ब्रत बस्ने र कोरोना माईलाई खुशी पार्न पुजापाठ गर्न थालेका छन् । महिलाहरु सोमबार र शुक्रबार ब्रत बस्न थालेका छन् । यस्तै ब्रत बसेकी बीरगन्ज १५ लक्ष्मणवाकी एक महिलाले भनिन् “शुक्रबार र सोमबार पुजा गरिरहेको छु, सबै जनाले पुजा गरौं ताकि कोरोना माई जाउन ।
अहिले पर्सा र बाराका गाउँ–गाउँ र टोल–टोलमा यो लहर चलेको छ ।केही समय पहिला भारतको बिहारमा कोरोना भगाउन पुजापाठ गर्दै गरको एक भिडियो भाईरल भए पश्चात यहाँ त्यसको प्रभाव देखिएको एक स्थानीयले बताए ।
अन्तिम अपडेट २०७७ साल /जेठ २० गते –मंगलबार