बीपी प्रतिष्ठानमा उपचाररत थप १८ जना कोरोनासंक्रमित निको भए

५ years अगाडी teraibulletin

बीपी प्रतिष्ठानमा उपचाररत थप  १८  जना कोरोनासंक्रमित निको भए

काठमाडौं । धरानको बीपी प्रतिष्ठानमा उपचाररत केरोना संक्रमितमध्ये १८ जना निको भएका छन् । उनीहरूलाई प्रतिष्ठानले सोमबार राति डिस्चार्ज गरिदिएको छ ।

दुईपटक पीसीआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि १८ जनालाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए । उनका अनुसार तिनमा एक जना धरानकी महिला हुन् भने बाँकी झापाका । धरानकी महिलालाई एम्बुलेन्समा र झापाकालाई बसमा पठाइएको थियो ।

कोरोनालाई जित्न सफल भएका उनीहरूलाई धरान उपमहानगरका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा। गौरीशंकर साह, सहायक निर्देशक डा। विकास साह, कोरोना फोकल पर्सन डा। इन्द्र लिम्बूलगायतले बिदाइ गरेका थिए ।

अब प्रतिष्ठानको आइसोलेसनमा ८० संक्रमित उपचाररत छन् । उनीहरूको अवस्था पनि सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?