पर्सा २० जेठ –नेपाल पत्रकार महासंघ पर्साले पत्रकार तिवारी यादव माथी प्रहरीले कुटपिट गरेको घटनाको बिरोधमा कडा आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको कार्यवाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा वसेको बैठकले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्न निर्णय गरेको छ ।
बिना कसुर पत्रकारलाई प्रहरीले गालीग्लौज गर्दै कुटपिट गरे पछि अन्दोलित भएको पर्सेली संचारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामै पुगेर ध्यायन आकर्षण गराउनु साथै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो lतर हाल सम्म स्थानिय प्रशासनले दोषी प्रहरीहरुलाई कारवाही गर्ने सम्बन्धमा कुनै पहलकदमी नगरे पछि पत्रकार महासंघ पर्साले अन्दोलनको थप कार्यक्रम घोषण गरेको नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीले बताउनुभयो ।
फोटो तथा पत्रकार महासंघ पर्साले तय गरेको अन्दोलनका नाराहरु आफ्नो समाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतमा लेखेर बिरोध गर्ने तथा प्रहरीको ज्यादती बिरुद्ध पर्साका राजनितिकर्मी, संचारकर्मी, वकिल, बिभिन्नपेशाकर्मी तथा नागरिक समाजसँग अन्तक्रिया तथा छलफल गर्ने निर्णय गरेको नेपाल पत्रकारमहासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीले बताउनु भयो ।
बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एक सातासम्म प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने जसमा जेष्ठ २० र २१ गते ‘पत्रकारसँग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
यसैगरी महासंघले प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय गरेको पत्रकार महासंघ पर्साका कोषा अध्यक्ष भुषण यादवले बताउनु भयो ।बैठकमा सह सचिव आरके पटेल, निलिमा पौडेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल, प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मालगायतको उपस्थिति रहेको थियो ।
अन्तिम अपडेट २०७७ साल /जेठ २० गते –मंगलबार