काठमाडौं । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ।
सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
जसमा सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा। लक्ष्मी नारायण तिवारीले जानकारी दिए।
स्वास्थ्य महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ।
सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २र२ जना पुरुष, वडा नम्बर ४ का चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।