वीरगञ्ज २० जेठ –पत्रकारसंग दुर्व्यवहार गर्ने प्रहरीलाइ करवाहिको माग गर्दै नेपाल पत्रकार माहसंघ पर्सा शाखाले घोषणा गरेको सताब्यापी आन्दोलनका कार्यंक्रम स्थागीत गरेको छ l
जिल्ला प्रहरी कार्यलय पर्सामा भएको छलफलमा दोषी प्रहरिलाई कारवाही गर्ने पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले प्रतिबद्धता जनाए पछि सताब्यापी आन्दोलनका कार्यक्रम स्थागीत भएको पत्रकार माहासंघ पर्साका कार्यवाहक अध्यक्ष अनूप तिवाले बताए l
प्रहरी उपरिक्षक पन्तले पत्रकार तिवारी यादवमाथी भएको दुर्व्यवहारको घटनामा संलग्न रहेका प्रहरी अधिकृतहरुसहितका प्रहरीहरुलाई सचेत गराउने र विभागीय कारवाहीको लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएको नेपाल पत्रकार महासंघ पर्साका कार्यवहाक अध्यक्ष अनुप तिवारीले जानकारी दिए ।
साथै, अब उप्रान्त यस्ता घटना दोहोरिन नदिन मातहतका प्रहरीलाई सचेत गराउने र पत्रकारलाई सूचना सम्प्रेषण गर्न समेत सहज वातावरण बनाउने प्रतिबद्धता प्रहरी उपरिक्षक पन्तले व्यक्त गरेपछि हाललाई आन्दोलन स्थगित गरिएको समेत उनले बताए l जिल्ला प्रहरी कार्यालय पर्सामा भएको वार्तामा महासंघ पर्साका कार्यवहाक अध्यक्ष तिवारीसहित कोषाध्यक्ष भुषण यादव, पिडित पत्रकार यादव र एसपी पन्त सहितका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
यस अघि नेपाल पत्रकार महासंघ पर्साको कार्यवाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा हिजो (सोमबार)नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा बसेको बैठकले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दै अन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको थियो ।साताव्यापी आन्दोलन अन्र्तगत आज (मंगलबार) बिहानैबाट पर्सेली पत्रकारहरुले आफु कार्यरत सन्चार माध्यम तथा सामाजिक सन्जाल मार्फत “पत्रकारसँग दुर्व्यवहार गर्ने दोषी प्रहरीलाई कारवाही गर” भन्दै दोस्रो चरणको आन्दोलन शुरु गरेका थिए ।
अन्तिम अपडेट २०७७ साल /जेठ २० गते –मंगलबार