पर्सा २० जेठ –बिश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस आर्थात (कोभिड-१९)बाट बाच्नको लागी जनता समाजबादी पार्टी नेपाल निकट राष्ट्रीय बिद्यार्थी संघ पर्सा जिल्लको अध्यक्ष मधुसुदन चौरसियाको नेतृत्वमा गत १५ गते जेठ बिहीबारदेखि पर्साको विन्दवासिनी गाउपालिकाको सम्पूर्ण वडामा सेनिटाइजार छर्किने सुरु गरिएको कार्य आज (मंगलबार-२० गते ) सम्पन्न भएको छ l
बिन्दवासिनी गाउपालिका वडा न:-३ सानो इटियाही र ठुलो इटियाहीबाट गत जेठ १५ गते बिहीबारबाट पहिलो दिन सुरु गरिएको सेनिटाइजार छर्किने कार्य क्रमस गत जेठ १६ गते शुक्रबार वडा न:-३ र ४ अन्तर्गत पर्ने सानो झौवा र ठुलो झौवामा छार्कियो l
जेठ १७ गते शनिबार मौसम बदली भएर पानी पर्न थाले पछि उक दिन सेनिटाईजार छार्किने कार्य बन्द भएको थियो l जेठ १८ गते आइतबार विन्दवासिनी गाउपालिका वडा न:-५ अन्तर्गत पर्ने मानिपूर,भेलहा,बटसवरा,हसवा र परसौनीभट्टामा छर्किएको राष्ट्रीय बिद्यार्थी संघ पर्साको अध्यक्ष चौरसियाले जानकारी दिनुभयो l
यसै गरी जेठ १९ गते सोमबार उक्त पालिकाको वडा न:- ४ कै अन्तर्गत पर्ने अमरपट्टी,माधवलमा छर्किएको नव उदयमान बिद्यार्थी नेता चौरसियाले बताउनुभयो l यसै गरी जेठ २० गते मंगलबार विन्दवासिनी गाउपालिका वडा न:-१ र २ अन्तर्गत पर्ने बहुअर्वाभठ्ठा,हरिनगर र गर्दौलमा छर्किएको बताउनुभयो l
विन्दवासिनी गाउपालिका वडा न:-३ बाट सुरु गरिएको सेनिटाईजर छार्किने कार्य उक्त पालिका अन्तर्गत रिहेको ५ वटा वडाकै सम्पूर्ण गाउ-गाउ गली गलीमा छर्किदै वडा न:-१ र २ अन्तर्गत पर्ने गाउमा आएर सम्पन्न भएको चौरसियाले बताउनुभयो l
चौसियाले आफ्नो ब्यक्तिगत लागानीमा विन्दवासिनी गाउपालिकाको सम्पुर्ण वडामा सेनिटाईजर गरेको बताउनु भयो l रास्ट्रीय बिद्यार्थी संग पर्साका अध्यक्ष चौरसियाको नै अध्यक्षतामा सुरु गरिएको सेनिटाईजर गर्ने कार्यमा बिद्यार्थी नेता ओमप्रकास साह,पूनिलाल दास, स्थानीय युवाहरू अमरजीत चौरसिया,सूर्यमोहन चौरसिया,ब्रिजेश सह कानू ,भूपेन्द्र सहनी,सुजीत झा लगायतको सहभागीता रहेको थियो l
स्थानीयको प्रतिक्रिया:-
भोटको समयमा ठूला-ठूला गफ गर्दै हिडेका जनप्रतिनिधिहरू बिपतिको समयमा मात्र आश्वासन बाहेक कुनै काम नगरेको गुनासो गर्दै अबको समय बिद्यार्थी नेता चौरसिया जस्तै ब्यक्तिको समाजमा खाचो रहेको स्थानीयले बताउदै प्रतिक्रिया दिएका छन l
जसलाई हामीले आफ्नो अमूल्य भोट दिएर जिताएका छौ राज्यको सता शासनमा पुर्याएका छौ तर आज महामारिको समयमा पीड़ित जनताको समय समाधान गर्नबाट पन्छिन मात्र बहाना खोजने गरेको आरोप लगाएका छन l
जितेको जनप्रतिनिधी भन्दा त राम्रो बिद्यार्थी नेता चौरसिया नै रहेका छन किन भने कमतिमा आफ्नो गाउघरको माया सम्झेर कमसेकम सेनिटाईजर पालिकाभरी गरेको स्थानीयले बताउदै बिद्यार्थी नेता चौरसियाको कार्य प्रति खुसी ब्यक्त गरेका छन l
किन लागे राजनीतिमा ठिठो युवक चौरसिया:-
नेता चौरसिया भन्नु हुन्छ:-आज भन्दा ५/साढ़े ५ बर्ष पहिलाबाट नै सुरु गरेको राजनिति यात्रा आज याहा सम्म आईपुगेको छ lअब मैले किन राजनितिक यात्रा सुरु गरेको भन्नु पर्दा समाजमा रहेका बिभिन्न बर्गका ब्यक्ति जस्तै उनिहरुको कुरा कोही सुनने वाला छैन उनीहरू पीड़ाबाट छटपटाई रहेका छन,त्यस्ता त्यस्ता ब्यक्तिको कुरा केन्द्र सम्म पुर्याउने र न्याको लगी पहल गर्नको लागी मैले राजनीति यात्रा सुरु गरेको छु l छोटकरीमा भन्नु पर्दा मैले जनताको सेवा गर्नको लागी राजनितिमा आएको छु l
अन्तिम अपडेट २०७७ साल /जेठ २० जेठ –मंगलबार