घुस रकमसहित ताप्लेजुङबाट दुई सहायक बनअधिकृत रङ्गेहात पक्राउ

५ years अगाडी teraibulletin

घुस रकमसहित ताप्लेजुङबाट दुई सहायक बनअधिकृत रङ्गेहात पक्राउ

ताप्लेजुङ २१ जेठ –ताप्लेजुङबाट दुई जना सहायक बनअधिकृत घुसको रकम सहित पक्राउ परेका छन lअख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मङ्गलबार बेलुका रङ्गेहात पक्राउ गरेको जनाएको छ।

उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक–एक लाख घुस लिँदै गर्दा रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिएका छन।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौँ पठाइने बताइएको छ ।अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबिच कार्यालयमा नै घुस रकमको लेनदेन भएको बताइएको छ ।

अन्तिम अपडेट २०७७ साल /जेठ २१ गते –बुधबार 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?