पर्सा २१ जेठ –पर्सामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरू कालिकामाईमा ४ जना, सखुवाप्रसौनीमा २ जना र विन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । संक्रमितहरु सबै क्वारेन्टिनमा राखिएका पुरुष हुन् । उनीहरुको उमेर १६ देखि ४९ वर्ष समूह सम्मको रहेको छ। यसको औपचारिक पुष्टि हुन बाकी रहेको छ l
अन्तिम अपडेट २०७७ साल /जेठ २१ गते –बुधबार