विश्वबैंकद्धारा नेपालको लागि १ सय मिलियन डलर ऋण स्वीकृत

५ years अगाडी teraibulletin

विश्वबैंकद्धारा नेपालको लागि १ सय मिलियन डलर ऋण स्वीकृत

काठमाडौं । विश्‍व बैंकले नेपाललाई १ सय मिलियन डलर ऋणको स्वीकृति दिएको छ । यो रकम बुधबारको विनियमदरअनुसार १२ अर्ब रुपैयाँ हो ।

विद्युत् क्षेत्रको सुधारका साथै कोभिड(१९ ले पारेको प्रभाव न्यूनीकरणको क्षेत्रमा खर्च गर्ने सर्शसहित विश्‍व बैंकले यो रकमको स्वीकृति गरेको हो ।

विश्व बैंकले बोर्ड बैठकबाट यो रकम स्वीकृति भएको जनाकारी गराएको छ । विश्‍व बैंकले बुुधबार जारी गरेको विज्ञप्तिमा विद्युत‍्तर्फ विद्युत् प्राधिरकणको पुनस् संरचना, विद्युत‍्को उपयोग बढाउने गरीका नीति दीगो विद्युतीरकणको लागि यो रकम खर्च गर्ने जनाइएको छ । त्यस्तै, विद्युत‍्को क्षेत्रमा थप सम्भाव्यता खोजी र संस्थागत सुधारको लागि रकम प्रयोग गर्ने जनाइएको छ।

विश्‍व बैंकले यो रकम डेभ्लोमेन्ट पोलिसी क्रेडिट डीपीसीअन्तर्गतको कार्यक्रमबाट दिएको जनाएको छ । यसअघि एसिसयाली विकास बैंकले कोरोना महामारीको उपचार र रोकथामको लागि २ सय ५० मिलियन डलर अर्थात् ९३० अर्ब रुपैयाँ० रकम उपलब्ध गराउने सम्झौता गरेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?