महोत्तरीबाट कुखुरा फर्ममा लुकाई राखिएको ठुलो परिमाणमा लागूऔषध गंजा बरामद

५ years अगाडी teraibulletin

महोत्तरीबाट कुखुरा फर्ममा लुकाई राखिएको ठुलो परिमाणमा लागूऔषध गंजा बरामद

सांकेतिक फोटो

पर्सा २१ जेठ –महोत्तरी जिल्लामा रहेको कुखुरा फर्ममा लुकाई छिपाई राखिएको ठुलो परिमाणमा लागूऔषध प्रहरीले बरामद भएको छ l महोत्तरी जिल्लाको एकडारा गाउँपालिका – ५, बथनाहाबाट १ सय ८० किलो लागु औषध गाजा प्रहरीले बरामद गरेको छ ।

कुखुरा फर्ममा लुकाई छिपाई राखेको सुचना प्रप्त भएपछि जेष्ठ २० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक केदार बस्नेतको कमाण्डमा गएको टोलीले सो गाजा बरामत गरेको बताएको छ । फर्म संचालक एकडारा गाउँपालिका –५, गेना बथनाहा बस्ने लक्ष्मी चौधरीलाई खोज तलास भईरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट २०७७ साल /जेठ २१ गते –बुधबार 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?