पर्सा २१ जेठ –सरकारले गरेको निर्णयलाइ उसैको समर्थक र संगठनका व्यक्तिहरूबाट ब्यापक आलोचना तथा विरोध भैरहेको छ l सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि वीरगञ्जमा सत्तारुढ दल नेकपाकै नगर कमिटीले अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन गरेका छन् ।
पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् l नेकपाका वीरगञ्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।
उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।

अनेरास्ववियू पर्सा जिल्ला : सह सयोजक मित्रदेव यादवले तराई खबरसंग कुरा गर्दै भने हामी संग सम्पति भएको हामी ले लगाएको कपड़ा नै हो यसैलाइ लैजा सरकार l अहिलेको अस्वथामा सबै जना लकडाउनको चपेटामा परेकोले समयम नै कसरी कर तीर्ण सक्छन अनी सरकारलेआफ्नो एकलौटी रुपमा नै हिकम बाड़ी देखाएकोले हामीले बिरोध गरिरेको उनले बताका छन l
नेकपाको स्थानीय युवा नेता आन्दोलनबारे तारे खबरसंग संक्षिप्त प्रतिक्रया दिदै भन्दै लकडाउन सम्म को कर मिनाहा गर्नु पर्यो होइन भने अर्थमन्त्रीले राजिनामा दिनु पर्छ हाम्रो मांग रहेको बताए lबविरोद्ध कार्यक्रममा नेकपा बीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, पराग सिंह ,मित्र देव यादव,मेराजुल हवारी अकलेश साह,सन्तोष साह लगयात ५० औको संख्यामा युवाहरूको सहभागिता रहेको थियो l
यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ ।सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।
अन्तिम अपडेट २०७७ साल /जेठ २१ गते –बुधबार