रौतहटमा आज एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

रौतहटमा आज एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रौतहटमा आज एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । योसँगै जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् ।

संक्रमितहरुमध्ये इशनाथ नगरपालिकाकाका ४६ जना, गढीमाइ नगरपालिकाका ७ जना, गुजरा नगरपालिकाका ८ जना, चन्द्रपुर नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र दुर्गा भगवती गाउँपाललिकाका एक–एक जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनभुयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?