पर्सा २२ जेठ –पर्सा जिल्लामा भोली शुक्रबारदेखि व्यवसाय ब्यापार संचालनमा औने भएका छन lजिल्ला प्रसासन कार्यलय पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा बिरगंज बजार २३ गते शुक्रबार देखी खुल्ने उल्लेख गरेको छ । भोलीदेखि (शुक्रबार) लागु हुने गरि जोर- बिजोरको आधारमा बिरगंजको पसल खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साल्ले जनाएको छ l जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साको बुधबार साँझ सम्पन्न बैठकले सामाजिक दूरी कायम गरी जेठ २३ गतेबाट वीरगन्ज बजार खोल्ने निर्णय गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले औषधि पसल चौबिसै घण्टा खुला रहने, बैंक तथा बित्तिय संस्थाहरू नियमित सन्चालन गर्ने निर्णय गरेको छ। खाद्यान्न, किराना, तरकारी, दुध पसलहरू बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्ने र तरकारी पसल खुल्ला रूपमा बजार लगाउन नपाईने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ।
यसै गरी रेडिमेट कपडा कस्टेमेटीक,ईलेक्टिकलस,ईलेक्त्रोनिक्स आदि पसलहरु- जोर गते यानी २-४-६-८-१० गते – बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्ने जिल्ला प्रशासन कार्यलय पर्साले जनाएको छ l जिला प्रशासन कार्यलय पर्साले हार्ड्वेयर , साईकल , मोटर तथा मोटर पार्टस , अटोवर्कस , भाडावर्तन , सुनचादी , फर्निचर तथा अन्य पसल बिजोर गते जस्तै १-३-५-७-९-११ गते – बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।
माछा, कुखुरा तथा सोकि दाना , पशुआहार , खाद्य , किराना , कृषि उपकरण , मल , बिउ बिजन , सिमेन्ट ,डन्डी , जस्तापाता ,बिटुमिन तेल, क्लिनकर , निर्माण सामाग्रीहरु लगायत अन्य बस्तुहरु- हरेक दिन साझ ७ बजे पछी खोल्न दिने निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए l
सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले सिनेमा हल, जिम खाना , सैलुन , मठ मन्दिर , मस्जिद , गुम्बा अन्य मानिसको भिड भाड हुने स्थान- पुर्ण रुपमा बन्द रहने बताएका छन l सार्वजनिक बस , रिक्सा , टेम्पू , मोटरसाइकल लगायत पास नभएका सम्पुर्ण सवारी – पुर्ण रुपमा बन्देज रहेको जिल्ला प्रशासन कार्यलय पर्साले बैठक पछि जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अन्तिम अपडेट २०७७ साल /जेठ २२ गते – बिहीबार