प्रदेश दुई कार्यलय:मन्त्रीको स्वकीय सचिव,मर्यादापालक र प्रहरीसहित ६ जना कोरोनाबाट ग्रसित

५ years अगाडी teraibulletin

प्रदेश दुई कार्यलय:मन्त्रीको स्वकीय सचिव,मर्यादापालक र प्रहरीसहित ६ जना कोरोनाबाट ग्रसित

पर्सा,२२ जेठ- प्रदेश दुइका आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको स्वकीय सचिवलाइ कोरोना लागेको जिल्ला प्रशासन कार्यलय धनुषले जनाएको छ l  प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए  ।

राज्यमन्त्री यादवले आफ्नो स्वकीय स्चिवमा कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको समेत उनले बताइन । संक्रमित भएका स्वकीय सचिवलाइ आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले संचारकर्मीहरुलाई जानकारी गराएकी छन ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि प्रदेशका मन्त्री, सांसद, उनीहरुका स्वकीय सचिव, कर्मचारी र मर्यादापालकहरुको स्वाब संकलन गरी जाँच गरिएको थियो ।रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक प्रहरी र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित थियो । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

अन्तिम अपडेट २०७७ साल /जेठ २२ गते – बिहीबार

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?