पर्सा २२ जेठ- पर्सा प्रहरीले ठुलो परिमाणमा रुपैया सहित एक युवकलाइ पक्राउ गरेको छ l सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बन्जारीबाट प्रहरी निरिक्षक हरि पराजुलीको नेतृत्वमा खटेको सशस्त्र प्रहरीको टोलीले २२ लाख रुपैंयासहित एक युवकलाई आज (विहिबार ) पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार बस्ने प्रकास साह रहेका छन् । छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वाबाट भौराटार जादैं रहेको अवस्थामा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बन्जारीले साहलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले उनको साथबाट २२ लाख ४८ हजार रुपैंया बरामद गरेको छ । साथै, उनले प्रयोग गरेको ना ४३ प ४८०२ नम्बरको मोटरसाईकल पनि प्रहरी नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद रकम, मोटरसाइकल र पक्राउ परेका साहलाई हुन्डी कारोबारको शंकामा नियन्त्रणमा लिईएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईने सशस्त्र प्रहरी बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीले बताएका छन् । फोटो साभार:nepalpostdaily
अन्तिम अपडेट २०७७ साल /जेठ २२ गते – बिहीबार