पर्सामा प्रहरी लकडाउन पालना गराउनमा ब्यस्त:चोरहरू चोरी गर्नमा मस्त

५ years अगाडी teraibulletin

पर्सामा प्रहरी लकडाउन पालना गराउनमा ब्यस्त:चोरहरू चोरी गर्नमा मस्त

 पर्सा २२ जेठ –लकडाउन पालना गराउनमा प्रहरी ब्यस्त भएको मौक़ा छोपी पर्सा जिल्लामा चोरीको घटनामा बृद्धि भएको पाइएको छ l हप्तो पछाड़ी पर्सामा तिन वाटा चोरीको घटना भएको पाइएको भए पनी प्रहरी प्रशासनले कुनै चासो नलिएको पीड़ितले गुनासो गरेका छन l

पर्साको अर्को सदरमुकामको रुपमा चिनिने  पोखरिया नगरपालिकामा गैराती चोरी भएको छ l त्याहा एक मोबाइल पसलमा चोरी भएको बताइएको छ l पोखरीया नगरपालिकाको वडा नम्बर ४ पोखरिया बजारस्थित एक मोबाईल पसलमा चोरी भएको जनाइएको छ ।

पोखरीयास्थित रहेका श्री जिल्ला उच्यांगल रामदेव कलवार उच्च माबि नजिकै  रहेको मोहन मोवाईल रिपेयरिंग सेन्टरमा बुधबार राती चोरी भएको हो । पसलको पर्खाल फोडी ९ वटा मोवाईल, मोवाईलको खोल, चार्जर, बैट्री, हेडफोन सहित १ लाख मुल्य बराबरको चोरी भएको पिडीतले जनाएका छन् ।यसैगरी जेष्ठ २० गते सोही वडामा रहेको महालक्ष्मी होटलमा समेत चोरी भएको थियो ।

एता बीरगंज महानगरपालिका वडा न:- ८ पानीटंकीस्तिथ किराना पसल संचालन गरेका श्याम गुप्ताका किराना पसलमा चोरीका प्रयास भएको थियो l यसै गरी पर्साकै उता गाउमा समेत चोरिको घटनामा बृद्धि भएको स्थानीयहरू बताएका छन l स्थानीयका अनुसार चोरहरू रातिको समयमा किसानको खेतमा लगाइएको तरकारी समेत चोर्ने गरेको बताएका छन l

अन्तिम अपडेट २०७७ साल /जेठ २२ गते – बिहीबार

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?