पर्सामा एक १५ बर्षीय किशोरी कोरोनाबाट ग्रसित:बाबूबाट छोरिमा सर्यो कोरोना

५ years अगाडी teraibulletin

पर्सामा एक १५ बर्षीय किशोरी कोरोनाबाट ग्रसित:बाबूबाट छोरिमा सर्यो कोरोना

पर्सा २२ जेठ- पर्सामा एक १५ बर्षीय किसोरी कोरोना भाइरसबाट संक्रमित भएकी छन l पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएकी १५ बर्षकी किशोरीमा कोरोना पोजेटिभ पाइएको छ l कन्ट्र्याक्ट ट्रेसिङ्गको आधारमा उक्त किसोरीको स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यले पुष्टि गरेका छन l

पहिलो पटक परिक्षण गर्दा नेगेटिभ आएको भएपनि पुनः जेठ १९ गते दोस्रो पटक स्वाब संकलन गरि परिक्षण गर्दा बुधबार राति संक्रमण पुष्टि भएको उनले बताए l सो किशोरिमा उनकै बुबाबाट कोरोना सरेको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट  उपाध्यायले जानकारी दिए ।

पोखरिया नगरपालिका वडा नम्बर ६ घर भएका ३९ बर्षका उनका बुबा जेठ ६ गते भारतको दिल्लीबाट आएका थिए। उनका बुबालाई पोखरिया नगरपालिकाको जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार मावीको क्वारेन्टिानमा राखेर स्वाब संकलन गरि नारायणी अस्पतालमा स्वाब परीक्षण गर्दा जेठ १५ गते संक्रमण पुष्टि भएपछि नारायणी अस्पताल करोना विषेश अस्थायी अस्पताल गण्डकमा राखिएको छ ।

१५ बर्षीया बालिकालाई बुधबार राति संक्रमण पुष्टि भएकोले नारायणी अस्पताल विषेश करोना अस्थायी अस्पताल गण्डकमा बिहिबार मात्र लयाइएको डा.उपाध्यायले बातए ।

अन्तिम अपडेट २०७७ साल /जेठ २२ गते – बिहीबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?