पर्सा २३ जेठ-पर्सामा प्रहरीको ज्यादती बढ्दै गएको छ दिनहु प्रहरी सर्वसाधारण माथी लाट्ठी बर्साउन थालेको छ l पोखरीको डीलमा बसेका स्थानीयमा प्रहरीले अन्धाधुन्दा लाठी बर्साएको छ l घटना पर्साको पकहामैनपूर गाउपालिकाको हो l पाकाहा मैनपुर गाउँपालिकाको वडा नम्बर २ स्थित सार्वजनिक पोखरीको डिलमा बसेकाहरुमाथी प्रहरीलेलाठी जार्च गरी ९ जना घाइते बनाएको छ ।घाइते हुनेमा जगुल सहनी, रामबिनेश सहनी, विजय चौहान, मोहन साह, विशाल पटेल, बगड मियाँ, विगु सहनी लगायतका रहेका छन् ।
घाइते जुगुलका अनुसार कोखरीमा माछा मारीरहेक सुचनाको आधारमा प्रहरी पुगेको थियो ।जब सम्म माछा मर्नेहरू माछा मारी फर्किसकेका थिए । पकहा मैनपुर गाउँपालिका वडा नं. २ र ३ का एक दर्जन भन्दा बढी व्यक्तिहरु पोखरीको डिलमा बसेका थिए । एकासी नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगी लाठी चार्ज गर्दा आफुहरु घाइते भएको जुगुलले वताए ।उनले भने “पोखरीमा एकासी पुगेका प्रहरी विना सोधपुछ गरी लाठी चार्ज गर्न थाल्यो।
हामी बारम्बार भनी रहेका थियौ कि हामी माछा मार्ने मान्छे होइन तर हाम्रो कुरा प्रहरीले सुनेन र मनेन कुटपिट गर्यो । लाठी, हेलमेट र मुक्काले हामीलाई कुटीपिट गरी घाइते बनायो। घाइते जुगुलको वीरगंजस्थित नारायणी अस्पताल र अन्यको स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो भने अहिले सबैको अवस्था समान्य रहेको छ। समाचार श्रोतका अनुसार क्रिकेट खेलि आएकाहरु पोखरीको डिलमा बसेका थिए ।
अन्तिम अपडेट २०७७ साल /जेठ २३ गते – शुक्रबार