सम्सी गाउपालिका जिल्लाकाे उत्कृष्ट पालिका मध्ये एक पालिका हो- प्रवक्ता बिपिन यादव

५ years अगाडी teraibulletin

सम्सी गाउपालिका जिल्लाकाे उत्कृष्ट पालिका मध्ये एक पालिका हो- प्रवक्ता बिपिन यादव

नरेन्द्र महताे- गाैशाला,
महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका जिल्लाकाे उत्कृष्ट पालिका मध्येकाे एक पालिका रहेकाे कुरा महाेत्तरी टु डे वनलाईन टि भि बाट प्रसारित “सिधा प्रश्न सिधा उत्तर” कार्यक्रममा वडा न १ का वडा अध्यक्ष तथा प्रवक्ता विपिन विहारी यादवले संचारक्रमि नरेन्द्र महताे सँगकाे कुराकानिमा बताउनु भएकाे हाे।

गाउँपालिका प्रमुख शेख फारुख र उप प्रमुख नगीना देवि यादव विचकाे वाद विवादलाई लाेकतंत्रकाे संज्ञा दिनु भयाे। जहाँ वाद विवाद हुन्छ उहाँ नै विकास हुन्छ यादवकाे भनाई थियाे । पालिकाका कर्मचारी मेहवुल अंसारीकाे कारण विशेष विवाद भएकाे हाे।
कुनै कार्यभार एकलाैटि ढंग वाट गर्न खाेजेकाे कारण विवाद भएकाे हाे ।अखित्यार दुरुयाेग अायाेगमा भ्रष्टाचार मुद्वा प्रशाकिय अधिकृत रामजी जाेशि माथि दायर भएकाे हाे भने हामिलाई थाहा नभए पनि सहारनिय काम भएकाे हाे यादवले जनाए । एक वर्षकाे भित्रमा विकासकाे काम के के गर्नु भएकाे छ भने प्रश्ननकाे उत्तरमा वडा न. १ मा साेलार जडान ,विधालयमा टेवुल कुर्सी तथा सडक वनाएका छाै तर प्राथामिक स्वास्थ्य केन्द्र सम्सीकाे अवस्था हर दृष्टिकाेण बाट नाजुक रहेकाे उहाँले स्वीकार गर्नु भयाे अवकाे निकट समयमा वैठक गरि सुधारकाे प्रक्रिया अगाडि बढाउने प्रतिबद्वता व्यक्त गरे । क्वारेन्टाईनमा रहेकाे व्यक्तिहरुलाई खानामा कुनै कठिनाई नभएकाे तर काेठा कम भएकाे कारण बस्न अलि अप्ठायाराे भई रहेकाे यादवले स्वीकार गरे ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?