काठमाडौं । क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षण नगरी घर पठाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ नयाँ राष्ट्रिय परीक्षण गाइडलाइनअनुसार यस्तो नीति लिएको हो । नयाँ गाइडलाइनअनुसार लक्षण देखिएका संक्रमितलाई १४ दिनसम्म राख्ने र थप ३ दिनमा कुनै समस्या नआए घर पठाइने भएको छ ।
लक्षण नभएकालाई भने १४ दिन राखेपछि परीक्षण नगरीकनै पठाइने गाइडलाइनमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते जारी गरेको सो गाइडलाइनमा भनिएको छ, ‘तर हाल क्वारेन्टाइनमा रहेकालाई १५ दिनपछि आरडीटी गर्न सकिन्छ ।’
सरकारले उपयुक्त मात्रामा पीसीआर परीक्षणको व्यवस्था नगरेपछि आफूअनुकूल गाइडलाइन बनाएको स्वास्थ्य मन्त्रालयकै एक उच्च अधिकारीले दाबी गरे । ‘सरकारले आफ्नो अक्षमता लुकाउन आफ्नोअनुकूल गाइडलाइन बनाएको हो,’ उनले भने ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनीले यस्तो नीतिले संक्रमण झन् विस्तार हुन सक्ने चेतावनी दिए । ‘विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० लगायतले विश्वभर सबैले पीसीआर परीक्षण बढाउँदै संक्रमणको पहिचान र निदान गर्नुपर्ने भनिरहेका छन्,’ उनले भने, ‘कुनै परीक्षण नगरी घर पठाउने वा हाललाई आरडीटी मात्रै गर्ने सरकारी निर्णयले संक्रमण अझ विस्तार हुनेछ ।’ यो खबर कान्तिपुर दैनिकमा छ ।