३ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ

५ years अगाडी teraibulletin

३ लाख घुस सहित एक वडा अध्यक्ष पक्राउ

काठमाडौं ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का अध्यक्ष देवेन्द्र पुनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ३ लाख घुससहित पक्राउ गरेको हो ।

वनको काठ खरिद गर्दा सहजीकरण गरिदिने भन्दै उनले ठेकेदारसँग घुस लिएको अख्तियारले जनाएको छ । सो घुसबापतको रकम लिँदै गरेको अवस्थामा पुनलाई शनिबार बिहान सालझन्डी १० सैनामैनाबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?