समाज परिवर्तन नेपाल नामक संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न १ महिला सहित ६१ जनाद्वारा रक्तदान

५ years अगाडी teraibulletin

समाज परिवर्तन नेपाल नामक संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न १ महिला सहित ६१ जनाद्वारा रक्तदान

पर्सा २४ जेठ-समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज(शनिबार) योजना गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ l वीरगंज महानगरपालिका वडा न:-१४ पिपरा स्थित नृसिंग बिद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा १ महिला सहित ६१ जनाले रक्तदान गरेका छन ।

संस्थाका अध्यक्ष अकलेश साहले रक्तदान गरि शुभारम्भ गरेको रक्तदान कार्यक्रममा जगरनाथ प्रसाद कलवार,दिपेन्द्र साह, रोशन सर्राफ, राहुल साह, शम्भु साह ,धर्मेन्द्र पटेल,रुपेश साह,सृजना दहाल लगायतकाले रक्तदान गरेको अध्यक्ष साहले जानकारी दिएका छन ।

कार्यक्रममा नेकपा पर्साका अध्यक्ष शम्भु हजरा, जिल्ला सदस्य शम्भु गुप्ता,ब्लड डोर्नस एशोसियएसन पर्साका सहसचिव उमेश गुप्ता,नेपाली काँग्रेसका नेता रामनारायण कुर्मी, वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मी ,वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, बिद्यालयका प्रधानाध्यापक अनिल वर्णवाल, युवा नेता बाबुनन्द पटेल,रविन्द्र यादव लगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट २०७७ साल /जेठ २४ गते – शनिबार

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?