पर्सा २५ जेठ –बिश्व माहामारीको रुपमा नै फैलिएको कोरोना भाइरस आर्थात (कोभिड-१९)बाट बाच्नको लागी सरकारले अहिराज्य भर गरेको लकडाउनबाट प्रभाबित भएका बाराको स्थानीय पीड़ितलाइ स्थानीय युवकहरुको पहलमा राहत बितरण गरिएको छ l बिभिन्न दात्री निकाय संग संकल गरी बाराको आदर्श कोतवाल गाउपालिका वडा न:-३ पटेर्वा टोलमा राहत बितरण गरिएको स्थानीय युवाहरुले बताएका छन l
मिथिला वाईल्ड लाईफ ट्रष्ट नेपाल, तथा पंचुयल सेक्यूरिटी सर्भिसेस प्रालिको सहयोग र डाक्टर शोभाकर पराजुली तथा पर्साका तरबेज आलमको समन्वयमा अति बिपन्न, गरिब, ज्यालादारी गर्ने ब्यक्तिहरु गरी ४० जनालाई चामल २० किलो, दाल डेढ किलो, सोयाविन आधा किलो, नुन १ किलो , तेल १ लिटर र साबुन १ थान राहत स्वरूप सामग्री प्रदान गरिएको स्थानीय शंकर प्रसाद साहले जानकारी दिए ।
राहत उपलब्ध गराएकोमा दात्री संस्थाहरुलाई धन्यवाद ब्यक्त गर्दै सहयोगको अझै अपेक्षा रहेको स्थनीय जोगे्न्द्र बिश्वास ब्यक्त गरे ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिकक्षक कृष्ण पंगेनीको बिषेश सहयोगमा राहत बितरण गरिएको कार्यक्रममा ईलका प्रहरी कार्यालय महेन्द्र आर्दशका प्रहरी नायव निरिक्षक रामप्रसाद साह, पत्रकार महासंघ प्रदेश नमबर २ का सदस्य सिकेन्द्र पासवान लगायतको उपस्तिथि रहेको थियो
अन्तिम अपडेट २०७७ साल /जेठ २५ गते – आइतवार