काठमाडौं । कोरोना भाइरस ((कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २ हजार ७७० पुगेको छ भने, संक्रमितको संख्या ६९लाख ७६ हजार ४५ पुगेको वल्र्डमिटरको तथ्याङ्कले देखाएको छ ।
समाचार तयार पार्दासम्म कोरोना भाइरसको कारण बिरामी भएका ३४ लाख ११ हजार ७८८ जना निको भएका छन्। । विश्वभरीमा ३१ लाख ६२ हजार ८७ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।
हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ५८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।
वल्र्डमिटरको अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९लाख ८८ हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख १२ हजार ९६ व्यक्तिको मृत्यु भएको छ ।
दक्षिणमा अमेरिकामा ११ लाख १७ हजार २८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४८ हजार ८७१को मृत्यु भएको छ । युरोपमा २० लाख ७८ हजार ७३२जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७८ हजार ५८३ को मृत्यु भएको छ ।
एसियामा १३ लाख २६ हजार ४९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३४ हजार ३६७जनाको मृत्यु भएको छ । अफ्रिकामा १८लाख ५९ हजार ५९६ जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ५ हजार ८२ जनाको मृत्यु भएको छ ।
कुन देशको अवस्था कस्तो ?
अमेरिका
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने १९ लाख ८८ हजार ५४४ पुगेको छ ।
संक्रमितमध्ये ७ लाख ५१ हजार ८९४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ११ लाख २४ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।
ब्राजिल
अमेरिकापछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ७६ हजार ४९४ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६ हजार ४४ जना पुगेको छ ।
संक्रमितमध्ये ३ लाख २ हजार ८४ जना पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ ३ लाख ३८ हजार बढीको कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ३१८ को अवस्था गम्भीर रहेको छ ।
रूस
रूस पनि कोरोनाभाइरसको नयाँ हटस्पट रूस बनेको छ । अहिलेसम्म त्यहाँ ४ लाख ५८ हजार ६८९ मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ५ हजार ७२५ पुगेको छ ।
संक्रमितमध्ये २ लाख २१ हजार ३८८ जना पूर्णरूपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख ३१ हजार ५७६ बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २३ सयको अवस्था गम्भीर रहेको छ ।
स्पेन
कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८८ हजार ३९० पुगेको छ । स्पेनमा कोरोनाका कारण २७ हजार १३५ जनाले ज्यान गुमाएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ९६ हजार ९५८ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६२ हजारमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ६ सयको अवस्था गम्भीर रहेको छ ।
बेलायत
अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार ४६५ पुगेको छ । संक्रमितको संख्या भने २ लाख ८४ हजार ८६८ जना कोरोना संक्रमित रहेकाछन। ।
भारत
छिमेकी मुलुक भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ ।
अहिलेसम्म भारतमा २ लाख ४६ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण ६ हजार ९४६ जनाको ज्यान गएको छ । संक्रमितमध्ये १ लाख १८ हजार बढी पूर्ण रूपमा निको भएका छन् । अहिले त्यहाँ १ लाख २० हजार बढीमा कोरोना सक्रिय रहेको छ ।
इटाली
कारोनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३३ हजार ८४६ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ३४ हजार बढी कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये १ लाख ६५ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ३५ हजारमा कोरोना सक्रिय रहेको छ भने २९३ को अवस्था गम्भीर रहेको छ ।