काठमाडौं । बाँकेको नेपालगन्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट कोरोना भाइरसलाई जितेर नर्स–पत्रकार दम्पती घर फर्किएको छ।
पछिल्लो पटकको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि खजुराकी नर्स लक्ष्मी केसी र उनका श्रीमान् पत्रकार मेघराज वली डिस्चार्ज भएका हुन्।
केसी नेपालगन्ज नर्सिङ संघकी अध्यक्षसमेत हुन्। उनलाई संक्रमण पुष्टि भएको केही दिनपछि नै श्रीमान् वलीलाई कोरोना पोजेटिभ देखिएको थियो।
अस्पतालबाट घर फर्किंदै गर्दा उनीहरूले सावधानी अपनाएर उच्च मनोबल बनाएर कोरोनलाई हराउन सकिने बताएका छन्।
कोरोनामुक्त भएर फर्किएका नर्स(पत्रकार जोडीलाई छिमेकीले फूलमाला र अबिरले स्वागत गरेका छन्।