महोत्तरीमा होम क्वारेन्टाईनमा १ जनाको मृत्यु,

५ years अगाडी teraibulletin

महोत्तरीमा होम क्वारेन्टाईनमा १ जनाको मृत्यु,

धनबिर महतो- गौशाला, महोत्तरीको गौशालामा होम क्वारेन्टाईनमा बस्दै आएका १ जनाको मृत्यु भएको छ। पीसिआर रिपोर्ट निगेटिभ भएपछि दुईदिन अगाडिमात्र क्वारेन्टाईनबाट होम क्वारेन्टाईनमा रहदै आएका गौशाला नगरपालिका १० का ४० बर्षिय डोमी मण्डललको मृत्यु भएको हो ।
होम क्वारेन्टाईनमा दुई दिन अगाडि मात्र फर्किएको मृतक मण्डलको आरटिडी परिक्षणपछि मात्र शवलाई अन्त्येष्टिको लागि दिईने प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका डा रविन्द्र कुशवाहाले बताउनुभयो । आरडिटी रिपोर्टपछि उनको पिसिआर रिपोर्ट पनि परिक्षण गरिने तयारी भईरहेको कुशवाहाले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक मण्डल भारतबाट आएपछि मण्डल १४ दिनदेखि क्वारेन्टाईनमा रहदै आएको प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताउनुभयो ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?