भक्तपुरमा ट्रक खोलामा खस्दा चालकको मृत्यु

५ years अगाडी teraibulletin

भक्तपुरमा ट्रक खोलामा खस्दा चालकको मृत्यु

काठमाडौं । भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो।

चाँगुनारायण नगरपालिका-३ झौखेलमा भएको दुर्घटनामा ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको उनले जानकारी दिए।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?