प्रदेश दुई:-बारा,पर्सा र रौतहटमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

प्रदेश दुई:-बारा,पर्सा र रौतहटमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा २६ जेठ –प्रदेश दुइका बारा,पर्सा,रौतहट आज बिहान १९ जना कोरोना संक्रमितहरू भेटिएका छन lबारा,पर्सा र रौतहटका तीन सय ५७ जनाको स्वाब परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायको अनुसार पिसीआर परीक्षणको क्रममा पर्सा जगरनाथपुरस्थित सन्ठि क्वारेन्टाईनमा रहेका एक महिलासहित ८ जना, बाराको पचरौता हर्दिया क्वारेन्टाईनमा रहेका ७ जना र रौतहटको गढीमाई क्वारेन्टाईनमा रहेका ४ जना गरी १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

संक्रमित १९ जना सबै भारतका विभिन्न स्थानबाट नेपाल भित्रिएका व्यक्तिहरू भएको र उनीहरूलाई सिधै क्वारेन्टाईनमा राखिएको जनाइएको छ । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको उपाध्यायले बताए ।

अन्तिम अपडेट २०७७ साल /जेठ २६ गते – सोमबार

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?