सप्तरी । सप्तरीमा थप ७ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ।
संक्रमित सबै राजविराज नगरपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिए।
उनका अनुसार ती सातै जना भारतको कलकत्ता, महाराष्ट्रसहितका स्थानबाट आएका हुन्। संक्रमितहरू १४ देखि ४० वर्ष उमेर समूहका रहेको उनले बताए।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय पुगेको छ ।