गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि: संक्रमित हुनेको संख्या १४४ पूग्यो

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि: संक्रमित हुनेको संख्या १४४ पूग्यो

काठमाडौं २७ जेठ –गण्डकी प्रदेशमा मंगलबार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।थप संक्रमितहरु नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा फेला परेका हुन् ।

संक्रमितहरु ४० देखि १८ वर्ष उमेर समूहका सबै पुरुष रहेका छन् ।स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार आज फेला परेका संक्रमित संगै प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ । संक्रमित सबैको अवस्था समान्य रहेको बताइएको छ l उनीहरुलाई सरकारी अस्पतालमा बनाइएको आइसोलेसनमा लैजाने तयारी भिराहेको छ l

अन्तिम अपडेट २०७७ साल /जेठ २७ गते – मंगलबार

 

 

 

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?