अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना हुदा ५ जना कोरोना संक्रमित घाइते

५ years अगाडी teraibulletin

अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना हुदा ५ जना कोरोना संक्रमित घाइते

अर्घाखाँची २७ जेठ– अर्घाखाँचीमा भएको एम्बुलेन्स दुर्घटनामा परी ५ जना कोरोना संक्रमितहरू घाइते भएका छन l कोरोना सङ्क्रमितलाई आइसोलेसनमा लिएर आउदै गरेको एम्बुलेन्स गए राति दुर्घटना हुँदा पाँच जना कोरोना सङ्क्रमित घाइते भएको प्रहरीले जनाएको छ  ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वरेण्टीनबाट कोरोना सङ्क्रमित लिएर हटारीनेटा आइसोलेसनमा आँउदै गर्दा खाँचिकोटमा लु १ च ३५३५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

घाइते पाँचै जनाको सन्धिखर्क हटारीनेटाको आइसोलेसन कक्षमा राखी उपचार भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक माधव बुढाथोकीले जानकारी दिए ।

अन्तिम अपडेट २०७७ साल /जेठ २७ गते – मंगलबार

 

 

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?