कोभिड–१९ महामारी फैलिन थालेपछि भारतबाट फर्किए साढे ७ लाख

५ years अगाडी teraibulletin

कोभिड–१९ महामारी फैलिन थालेपछि भारतबाट फर्किए साढे ७ लाख

काठमाडौं। कोभिड–१९ महामारी फैलिन थालेपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ जना फर्किएका हुन् । चैत ११ मा नेपालमा लकडाउन घोषणा भएसँगै स्वदेश फर्किनेको संख्या २ लाख ४३ हजार ८ सय ३१ पुगेको छ ।

सीमा नाकामा फागुन २५ बाट हेल्थ डेस्क सञ्चालनमा ल्याइएको थियो । हेल्थ डेस्क राखेपछिको १५ दिन अर्थात् चैत १० गतेभित्र मात्रै ५ लाख ५५ हजार ४ सय ६९ जना जना भित्रिएका थिए ।

गृह मन्त्रालयको तथ्यांकअनुसार फागुन २५ देखि चैत १० गतेको अवधिमा प्रदेश १ का नाकाबाट २ लाख ४ हजार ७ सय २१, प्रदेश २ बाट ५६ हजार १ सय ८२, गण्डकी प्रदेशका नाकाबाट ७ हजार ३ सय ६८, प्रदेश ५ बाट १ लाख ७१ हजार १ सय ३३ र सुदूरपश्चिम प्रदेशका नाकाबाट १ लाख १६ हजार ६५ जना मानिस भित्रिए । यो खबर अजाको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?