काठमाडौं ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराईरहेका २८ जना कोराना सक्रमित डिस्र्चाज भएका छन् । झापाका उनीहरु सबै कोरोना सक्रमणलाई जितेर सोमबार राति डिस्चार्ज भएका हुन् ।
कोरोना सक्रमण देखिएपछि उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका उनीहरुको प्रतिष्ठानको ल्यावमा पुन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पछि डिस्र्चाज गरिएको प्रतिष्ठानका प्रवत्तक्ता डा। निदेश सापकोटाले जानकारी दिनुभयो ।
सोमबार राति डिस्र्चाज हुनेहरुमा १८ देखि ५६ वर्ष पुरुषहरु छन् । प्रवक्ता सापकोटाले प्रतिष्ठानवाट पहिलो पटक १८, दोस्रो पटक तीन र तेस्रो १२ र चौथो पटक २८ जना गरी हालसम्म ६१ जना संक्रमित कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो ।
प्रतिष्ठानमा हाल ५५ जना कोरोना संक्रमितको उपचार भइरहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानका सह प्रवत्ता आशिस श्रेष्ठले बताउनुभयो ।