महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामानसहित ४० जना फरार

५ years अगाडी teraibulletin

महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामानसहित ४० जना फरार

काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामानसहित ४० जना फरार भएका छन् ।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ जनामध्येका उनीहरू क्वारेन्टाइनमा आफूहरूलाई दिइएको सरसामान लिएर भागेको क्वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए ।

उनीहरू छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन् ।
उनीहरू क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रूपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिए पनि अहिलेसम्म उनीहरूको खोजीमा कुनै पहल नभएको यादवले बताए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?