कञ्चनपुरमा क्वारेन्टिनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

कञ्चनपुरमा क्वारेन्टिनको सुरक्षामा खटिएका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । क्वारेन्टिनको सुरक्षामा तैनाथ एक जना असई र हवल्दारमा कोरोना पोजिटिभ देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए।

‘दुई जनामा कोरोना पोजिटिभ देखिएको छ, हामीले अहिले उहाँहरुलाई छुट्टै राखेका छौँ’,डीएसपी थापाले भने, ‘सतर्कता अपनाउँदा अपनाउँदै पनि संक्रमणले छोएको छ, हामीले अहिले उच्च सतर्कता अपनाउन भनेका छौँ।’

संक्रमण देखिएका प्रहरीहरु ३८ देखि ४० वर्ष उमेरका छन्। कोरोना पोजिटिभ देखिएका असई र हवल्दार महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयको क्वारेन्टिनको सुरक्षामा कार्यरत रहेको डीएसपी थापाले बताए।

क्वारेन्टिनको सुरक्षामा खटिएका दुई जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएपछि अहिले क्वारेन्टिन सिल गरिएको छ। ‘क्वारेन्टिन सिल गरिएको छ, पछिल्लो समय उहाँहरुलाई क्वारेन्टिनमै बस्ने गर्नुहुन्थ्यो’, डीएसपी थापाले भने।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?