थप ३२३ कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४ हजार नाघ्यो

५ years अगाडी teraibulletin

थप ३२३ कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४ हजार नाघ्यो

काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जना कोरोना संक्रमित थपिएको बताए।

संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए।

कोरानालाई जितेर पछिल्लो २४ घण्टामा ८ महिला ८८ पुरुष गरी ९६ जना डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?