पर्सा २८ जेठ –लकडाउनको समयमा पनि पर्सा जिल्लामा बलात्कारका घटनामा कमी नआएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ । पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले चैत ११ गतेदेखि शुरू भएको लकडाउन अवधि अढाई महीनाभित्र ६ वटा बलात्कारका घटना दर्ता भएको बताएकी छन ।
प्रहरी उपरिक्षक पन्तको अनुसार जबरजस्ती करणीका ४, अप्राकृतिक मैथुन १ र बाल यौन दुव्र्यवहारका १ गरी ६ वटा घटना दर्ता भएको छ । यस्ता जघन्य अपराधको घटनामा संलग्न रहेको १४ जनालाई पक्राउ गरिएको र बाँकीको खोजतलाश भइरहेको प्रहरी उपरिक्षक पन्तले जानकारी दिएकी छन lचालू आवको एघार महीनामा जिल्ला प्रहरी,पर्साको तथ्याङ्कमा ३३ वटा बलात्कार र ४ वटा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको छ। चालू आवको भदौ, असोज र फागुनमा सबैभन्दा बढी बलात्कारका घटना दर्ता भएको देखिएको छ l
चालू आवको साउनमा २, भदौमा ५, असोजमा ५, कात्तिकमा ४, मङ्सिरमा २, पुसमा ३, माघमा १, फागुनमा ६, चैतमा २, वैशाखमा २ र जेठमा १ गरी ३३ वटा बलात्कारका घटना दर्ता भएका छन् । जसमा बलात्कारको घटनामा पीडित अधिकांश बालिका छन्।
:-बलात्कारको घटनामा बृद्धि हुनुको कारण :
प्रहरी उपरिक्षक पन्त भन्छीन:-बालिकाहरूलाई सजिलै फकाउन सकिने, गरीबी, विकृत मानसिकताका मानिस, स्वनियन्त्रणको कमी, असहमतिमा यौन सम्बन्ध राख्नु तथा कानून नजानेर पनि बलात्कारका घटनाले निरन्तरता पाइरहेको उनको भनाई रहेको छ lउनले प्रहरी प्रशासन बलात्कारका घटना न्यूनीकरणमा सक्रिय भएपनि यसमा अभिभावकहरूको भूमिका अहम् हुने भएकोले अभिभावकहरू अझ बढी जिम्मेवार हुनुपर्ने बताइन्। बलात्कारका घटनामा गरीब परिवारका बालबालिकाहरू अत्यधिक पीडित हुने गरेको समेत देखिएको उनले बताएकी छन ।
अभिभावकहरू काममा घरबाहिर गएको मौका छोपी गलत नियत भएका मानिसहरूले बलात्कारका घटना गर्दै आएको पछिल्ला घटनाक्रमबाट देखिएको उनले बताइन्।
:-खुला सिमाका फैदा उठाउदै अभियुक्तहरू :
बलात्कार गरी फरार हुने प्रवृत्ति पनि बढेको छ। खुला सीमाको कारण बलात्कारीहरू प्रहरीको चङ्गुलमा पर्न नसकेको उनको ठम्याइ छ। बलात्कारपछि खुला सीमाको फाइदा उठाउँदै बलात्कारी भारत पस्ने भएकाले दोषीलाई कसूर अनुसारको सजाय दिन नसकिएको उनले बताइन्।
:-सामाजिक लोक लाजले गर्दा घटना लुकौदा पीडकहरूको मनोबल बढ्दै :
यसैगरी, कतिपय बलात्कारका घटना पीडितहरूले लोकलाजको कारण लुकाउँदा बलात्कारीहरूको मनोबल बढेको उनको बुझाइ छ। प्रहरीसमक्ष घटना दर्ता नहुँदा अभियुक्तहरूको मनोबल बढेर घटनाले निरन्तरता पाइरहेको उनले बताइन्।सबैखाले घटनाबारे सम्बन्धित प्रहरी चौकी अथवा सोझै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएको खण्डमा अभियुक्तहरू दण्डित हुनप्रहरी उपरिक्षक पन्तले बताएकी छन । उनले कसैलाई पनि कसैको प्रभावमा नपरी बलात्कारका घटना नलुकाउन आग्रह गरिन्।
:-सामाजिक उत्पीडनको कारण यस्तो घटना लुकाउन पीड़ित बाध्य:
बलात्कार जस्तो जघन्य अपराधको घटना सामाजिक उत्पीडनको कारण समेत लुकाउने गरिएको देखिएको छ l कुनै महिला वा बालिका माथी यस्तो घटना भयो भने उनिहरुले यसलाइ उजागर गर्दा समाजमा अपहेलित हुने डरत्रास हुने गरेको एक अध्यनले देखाएको l
समाजमा यस पछि आफुहरुलाई हेर्ने दृष्टिकोण नै फेरी भएकाले कतिपय घटना प्रहरीको सम्पर्क नआउने गरेको देखिएको छ l ख़ास गरी ग्रामीण क्षेत्रमा जनचेतनाको अभावले गर्दा यस्ता घटनाको घटक सजीलै उम्किन थाल्छ्न l गाउघरमा यस्ता घटना भयो भने समाजमाँ रहेका क्केही अगुवा ब्यक्तिकै सक्रियतामा घटना मिलाउने प्रयास समेत गरिएको देखिन्छ त्यसले गर्दा कती घटनाहरू प्रहरी प्रसाशन काहा नआईपुगेको हुन्छ l
अन्तिम अपडेट २०७७ साल /जेठ २७ गते – मंगलबार