तराइ खबर समाचारदाता- धनुषा, धनुषाको सबैला नगरपालिकामा प्रहरी र स्थानीय बिच झडप भएको छ । सबैला नगरपालिका -३ स्थित इलाका प्रहरी कार्यालयको अगाडि आज बिहानै स्थानीय र प्रहरीबिच झडप भएको हो। झडप नियन्त्रण गर्नको लागि प्रहरीले तिन राउन्ड आँसु ग्यास समेत प्रहार गरेको छ।
आज राति करिब २ बजेको समयमा एक युवकले प्रहरी कार्यालयको टुवाइलेटमा आत्महत्या गरेको थियो । तर त्यो आत्महत्या नभएर जानी जानी मारिएको स्थानीय र यसको आमाले बताएका छ्न । सोही विषयमा स्थानीय आक्रोश भएर आन्दोलनमा उत्रिएका छ्न
यता यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।