तेल ट्यांकरमा मदिरा तस्करी गर्दै गरेको अवस्थामा दुई जाना पर्साबाट पक्राउ

५ years अगाडी teraibulletin

तेल ट्यांकरमा मदिरा तस्करी गर्दै गरेको अवस्थामा दुई जाना पर्साबाट पक्राउ

 पर्सा २८ जेठ –तेल ट्यांकरमा मदिरा तस्करी गर्दै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन l विभिन्न ब्राण्डका रक्सीहरु राजश्व छली चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा आज (बुधबार ) पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ  ।

पक्राउ पर्नेमा ट्याङकरका चालक जिल्ला मकवानपुर हेटौडा वडा नं १६ बस्ने सन्दिप थिङ र सहचालक वडा नं २१ बस्ने राधे बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यलय बाट खटिएको टोलीले ट्यांकरबाट गोल्डेल ओक ४८ पिस, नेपाल आईस बियर २४ पिस, सिग्नेचर ३३ पिस, ८८४८ भोड्का २८ पिस बरामद गरेको जनाएको छ । पक्राउ परेका मदिरा, ट्यांकरसहित उनीहरुलाई प्रहरीको नियंत्रणमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ l

अन्तिम अपडेट २०७७ साल /जेठ २८ गते – बुधबार

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?