काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत ९० कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
कोभिड(१९ अस्पताल जनकपुरबाट ३७ जना, सिरहाबाट २० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
कोभिड(१९ युनिफाईड कमाण्ड अस्पताल बलम्बुबाट १ एकजना महिला निको भएर डिस्चार्ज भएकी छन्।
कोशी अस्पताल विराटनगरबाट ६ जना, कर्णाली स्वास्थ्य विज्ञान अस्पताल जुम्लाबाट १८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
त्यसैगरी, विपी कोइराला स्वास्थ्य विज्ञान अस्पताल धरानबाट एक जना र कोरोना उपचार केन्द्र बेलझुण्डी दाङबाट ७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
५९५ पुरुष र ७९ महिला सहित हालसम्म ६७४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।