सर्वोच्च अदालतको अन्तरिम आदेश : असार ७ गते भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनु

५ years अगाडी teraibulletin

सर्वोच्च अदालतको अन्तरिम आदेश : असार ७ गते भित्र कर तिर्ने सूचना कार्यान्वयनमा नल्याउनु

काठमाडौं। व्यवसायीहरुको कर चाँडै तिर्नुपर्ने चिन्ता टरेको छ । सरकारले आउने असार ७ गते सम्म कर तिर्नुपर्ने गरी ल्याएको सूचना अहिलेनै कार्यान्वयन नहुने भएपछि व्यवसायीहरुको सो चिन्ता टरेको हो ।

बुधबार सर्वोच्च अदालतले सरकारलाई कर तिर्नु पर्ने गरी ल्याएको सूचना हाल कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको छ । यो भन्दा अगाडि सरकारले यही जेठको २५ गतेभित्र कर तिर्न भनिएको थियो । कर नतिरे थप दस्तूर, ब्याज र जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको थियो ।

सरकारको सो सूचनाविरुद्धमा ब्यवसायीहरुले आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलनपछि सरकारले अर्को सूचना जारी गदै आउँदो असार ७ गतेसम्म कर तिर्ने अवधि लम्ब्याएको थियो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?