पसल खुल्ने, निजी सवारी साधन गुड्न दिइने : मन्त्रिपरिषद्को निर्णय

५ years अगाडी teraibulletin

पसल खुल्ने, निजी सवारी साधन गुड्न दिइने : मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर(बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनका अनुसार सरकारले भोलिबाट नै बजार खोल्न दिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा जनजीवन सहज पार्नका लागि निर्णय लिने बताएका थिए ।

मन्त्रिपरिषद्को राति १० बजे सकिएको बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र सवारी साधन संचालनमा पनि खुकुलो पार्ने निर्णय गरेको हो । ुट्याक्सी, मोटरसाइकल लगायतका निजी सवारी साधन संचालन गर्न दिने निर्णय भएको छ । ती सवारी साधन जोर(बिजोर प्रणालीमा संचालन हुनेछन् ।

यसो गर्दा सामाजिक दूरी पनि कायम हुने सरकारको विश्वास छ । खुलेका पसलहरु र सञ्चालनमा आएको सवारी साधनमाथि मापदण्डको निगरानी र अनुगमन कडा बनाउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?