पर्सा २९ जेठ- बिश्वभर महामरीको रुपमा फैलिएको कोरोनाई भाइरस अर्थात (कोभिड-१९) बाट बाच्नको लागी सरकार गरेको लकडाउनको आज ८० दिन पूरा भएको छ l यसले गर्दा तलदेखि मध्यम किसिमको पनी ब्याक्तिको जनजीवन अति नै प्रभाभित भएको छ l यो समय अवधिमा गरीब बिपन्न अति बिपन्न,दैनिकी मजूर गारी जिबिकापर्जन गर्नेलाई सासति भएको छ l
आज सम्म एता प्रदेश दुईको पर्सा जिल्लको जीराभवानी गाउपालिकामा राजनीतिक होड्बाजीले गर्दा लकडाउनबाट प्रभाबित भएका जनता अझ राहत पाउनबाट बांची भएका छन l उक्त गाउपालिकामा बसने मुसहर, चमार, दुसाधलगायत अन्य जातका ९ सय गरीबले अहिलेसम्म राहत नपाएको बताउदै गुनासो गरेका छन। स्थानीय चन्द्रिका हजरा दुसाधले राहतको लागि चैतमा नामावली सङ्कलन गरिएको तर अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन।
यसै गरी सोही ठाउँ निवासी अर्का स्थानीय कलावतीदेवी पासवानले दैनिक जीवनयापनमा समस्या भइरहेको बताएकी छन । उनले सातजनाको परिवार धान्न अहिलेको समयमा निकै कठिनाइ भएको र राहत माग गर्दा पनि राहत नपाएको गुनासो गरेकी छन । लकडाउनको कारण रोजगार गुमेको, साहुहरूले साँवा र ब्याजको लागि ताकेता गरेको र घरमा छाक टार्न अन्न नभएको अवस्थामा राहतको मुख ताकेर बस्नुपरेको बताइन ।
:-जिराभवानी गाउपालिकाका अध्यक्ष रामप्रीत महतो थारु के भन्छन:
जिराभवानी गाउपालिकाका अध्यक्ष रामप्रीत दास थारुले राजनितिक आग्रह –पूर्वाग्रहले गर्दा राहत बितरण नभएको बताएका छन l उनी भन्छन:- पहिलो चरणमा राहत लिनेहरूको नाम सूचीकृत गर्दा पूर्वाग्रही ढङ्गबाट तयार गरिएको र बेलाबेलामा सोही विषयमा विवाद हुने गरेको उने बताए l प्रदेश सरकारबाट प्राप्त प्रतिपरिवार ३० किलो चामल, ५ किलो आलु, दुई/दुई किलो दाल, तेल, नून, प्याज, नुहाउने र लुगाधुने गरी ६ वटा साबुन ९ सय परिवारको लागि पठाइसकेको अध्यक्ष थारूले बताए
:-वडा अध्यक्ष के भन्छन त ?
जीराभवानी गाउपालिका वडा नं ५ का अध्यक्ष दारासिंह राउतले अहिलेसम्म राहत नपठाएको बताए का छन l वडा अध्यक्ष राउतले राहत वितरणको लागि सूची पठाएको लामो समय भइसक्दा पनि गाउपालिकाले राहत नपठाएको गुनासो गरेका हुन ।
उनी भन्छन:-बारम्बार राहत माग भइरहेको तर विभिन्न कारणले अहिलेसम्म राहत नदिएको बताएका छन । अध्यक्ष थारूले राहत पठाएको भनी दिएको कुरा झूठो भएको उनले बताए। जीराभवानी गाउपालिका–१ र ५ मा राहत वितरणको विषयलाई लिएर बारम्बार विवाद हुँदैछ ।
दुईवटा वडावासीले राहत नपाएको भनेर बेलाबेलामा वडा कार्यालय, गाउपालिका कार्यालयमा तालाबन्दी पनि गर्दै आएका छन् । गापामा तालाबन्दी गरिएपछि वडा नं.१ मा राहत वितरण गरिएको थियो तर गापाको सबैभन्दा बढी गरीब बस्ती रहेको वडा नं ५ मा अहिलेसम्म राहत वितरण भएको छैन। फटो साभार प्रतिक दैनिक
अन्तिम अपडेट २०७७ साल /जेठ २९ गते – बिहीबार