थप १८७ जनाले जिते कोरोना,डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

५ years अगाडी teraibulletin

थप १८७ जनाले जिते कोरोना,डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं । नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ संक्रमणमुक्त भएर डिस्चार्ज हुनेमा ८ जना महिला छन् भने १ सय ७९ पुरुष जना पुरुष रहेको जानकारी दिएका हुन् ।

देशभर बिहीबारसम्म कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या ८ सय ६१ पुगेको प्रवक्ता डा। गौतमले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा ७ सय ७४ जना पुरुष रहेका छन् भने ८७ जना महिला रहेका छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?