महोत्तरीको सम्सीमा भारी मात्रामा लागुऔषध बरामद

५ years अगाडी teraibulletin

महोत्तरीको सम्सीमा भारी मात्रामा लागुऔषध बरामद

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
कोरोना भाइरसका कारन लक्डाउनको मौका छोपी लागु औषध तस्करी गर्नको लागि राखिएको अबस्थामा भारी मात्रामा लागुऔषध बरामद गरिएको छ।
महोत्तरी जिल्लाको भारत नेपाल बोर्डरमा बुधवार गस्तीको क्रममा रहेका सम्सी शसस्त्र बेस कैम्पका गस्ती टोलीले भारी मात्रामा लागुऔषध बरामद गरेको छ। बरामद लागुऔषधमा करेक्स ६६ पिस, नाइट्रोभेट २२ पिस रहेको छ।
भारत नेपाल बोर्डर बन्द रहेको मौका छोपी नेपालमा तस्करी गर्नको लागि लगीरहेको बेला सम्सी वाडा नं ७ स्थित बोर्डरमा गस्ती टोलीलाइ देखेर लागुऔषध तस्कर गर्ने समूह भारत तर्फ भागेको कुरा शसस्त्र बेस कैम्पका इन्चार्ज नमराज पुडासैनीले जानकारी दिएको छ। बरामद लागुऔषध लाई जि प्र का जलेश्वर पठाइको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?