गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमण पुष्टि , गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८

५ years अगाडी teraibulletin

गण्डकी प्रदेशमा थप ३७ जना कोरोना संक्रमण पुष्टि , गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितहरु स्याङ्जामा मात्रै २२ जना फेला परेका छन् । त्यस्तै पर्वतमा १३, तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।

वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको छ ।

यसैगरी गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित फेला परेका छन् । उनीहरु १५ देखि ६६ वर्ष उमेर समूहका छन् ।

पर्वतको कुश्मा नगरपालिकामा ८ जना तथा पैंयु गाउँपालिका र बिहादी गाउँपालिकामा २० वर्षीय र ३२ वर्षीय एक–एकजना संक्रमित फेला परेका छन् । पर्वतकै अर्का एक जना ३२ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको छ । उनको स्थानीय तह खुलेको छैन ।

तनहुँको घिरिङ गाउँपालिकामा एज जना १९ वर्षीय युवक र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाकामा १७ वर्षीय जना युवकमा पनि कोरोना पुष्टि भएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?