दैलेखमा थप २२ जना कोरोना संक्रमित डिस्चार्ज

५ years अगाडी teraibulletin

दैलेखमा थप २२ जना कोरोना संक्रमित डिस्चार्ज

दैलेख। दैलेखको सरस्वती माध्यमिक विद्यालय तर्ताङ्गमा बनाईएको आइइसोलेसनमा रहेका २२ जना कोरोना मुक्त भएका छन । कोरनाबाट मुक्त भएर जाने सबै नारायण नगरपालिकाका रहेको दैलेख जिल्ला अस्पतालमा फोकल पर्सनम थिरप्रसाद रेग्मीले बताउनु भयो ।

भारतबाट आएका उनीहरुमा कोरोना संक्रमण भएपछि सदरमुकाम नजिकै रहेको सरस्वती मा।बि। मा बनाईएको आइसोलेसनमा राखिएको थियो ।

संक्रमण भएकाहरु कोही १७ दिन , कोही २० दिन र कोही २२ दिन आइसोलेसनमा बसे पश्चात गरिएको स्वाब परीक्षण नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको जिल्ला अस्पताल दैलेखका फोकल पर्सन रेग्मीले बताउनु भयो ।

योसंगै दैलेखमा कोरोना संक्रमणबाट मुक्त हुुने २६ जना पुगेका छन ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?